सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ।
काठमाडौँ– कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।
बुधबार राती ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उपचारका क्रममा बिहान ११ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ। तर, अस्पतालले आधिकारिक घोषणा भने गरेको छैन।
जलेर घाइते भएका सांसद भण्डारीलाई भने उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। सांसद भण्डारीको अनुहार र दुवै हातखुट्टा गरी शरीरको २५–३० प्रतिशत भाग जलेको छ। फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्। श्री एयरलाइन्सको चार्टर्ड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको भण्डारीका आफन्त मित्र भण्डारीले जानकारी दिए।
काठमाडौँको बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
