अवैध दोहनका कारण नदीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि तटबन्ध बनाइएको हो। कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेको छ।
गलकोट– अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन नदी किनारमा तटबन्ध गर्न थालिएको छ। नदीले बहाव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्र भएको छ।
कालीगण्डकीले मालढुंगास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ। त्यहाँ तटबन्ध निर्माण भइरहेको छ। अवैध दोहनका कारण बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि तटबन्ध बनाइएको हो। कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेको छ। मालढुंगा बस्ती जोगाउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले तार जालीसमेत हाल्न थालेको छ।
चालु आर्थिक वर्षमा तटीय बस्ती, प्रहरी चौकी, मन्दिरलगायत संरचना जोगाउन ९० लाख रुपैयाँ विनियोजन गरिएको छ। ६५ लाख रुपैयाँ खर्चेर पक्की पर्खाल बनाइएको कार्यालयका निमित्त प्रमुख झलकमोहन ओझाले जानकारी दिए। “जिल्लामा संघीय आयोजनामार्फत १४ र गण्डकी प्रदेश सरकारअन्तर्गतका २० योजना सञ्चालित छन्,” उनले भने, “कालीगण्डकी, काठेखोला, निसीखोला, बडिगाड खोला, दरमखोला र गौदीखोलालगायत नदीको कटान रोकी आफ्नै धारमा बगाउन तटबन्ध गरिँदै आएको छ।”
बागलुङको प्रवेशद्वार कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले पर्खाल निर्माण गरेको छ। चालु आवमा संघीय र प्रदेशका ४३ नदी नियन्त्रणका योजनामध्ये २० भन्दा बढीको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।
चालु आवमा नदी नियन्त्रणका लागि संघीय सरकारले दुई करोड ५० लाख र गण्डकी सरकारले दुई करोड ४७ लाख रुपैयाँ विनियोजन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
