पशुपतिमा थालियो शिवरात्रिको तयारी

महाशिवरात्रिको तयारीस्वरूप पशुपति परिसरमा धमाधम रंगरोगन गर्न थालिएको छ भने फूलबत्तीसमेतले समेत सजाउन थालिएको छ।

काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ।

महाशिवरात्रिको तयारीस्वरूप अहिले मन्दिर परिसरमा धमाधम रंगरोगनको काम भइरहेको छ। 

त्यस्तै, पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलिमिली बत्तीहरू, रंगरोगन र फूलहरूले सजाउन थालिएको छ। शिवरात्रिको लागि पशुपतिका गेटहरू सजाउने कार्य जारी रहेको छ भने वरपरका क्षेत्रहरूमा सरसफाइको कार्य जारी छ। 

यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रिका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तसमेत नेपाल आउने क्रम जारी रहेको छ। 

यसरी आउने साधुहरूलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ। 

शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ। उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ। 

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।