आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने

ग्रहण आज अपरान्ह ४ः५२ बजेबाट शुरू भई ५ः२४ बजे ग्रहणकै अवस्थामा सूर्यास्त हुनेछ।

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज (कार्तिक कृष्ण औँसीका दिन) ग्रस्तास्त खण्डग्रास लाग्ने बताएको छ। 

ग्रहण आज अपरान्ह ४ः५२ बजेबाट शुरू हुने समितिले जनाएको छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। 

नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।