जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने गायिका रिहानाको प्रतिबद्धता छ।
गायिका रिहानाले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विभिन्न संगठनलाई एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। रिहानाले आफ्नो संस्था क्लारा लियोनेल फाउन्डेसनमार्फत जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने १८ वटा संघ–संस्थालाई सो रकम सहयोग गर्ने मंगलबार प्रतिबद्धता जनाएकी हुन्।
क्लाइमेट जस्टिस अलाइन्स, द इन्डिजिनियस इन्भारोमेन्टल नेटवर्क र मुभमेन्ट फर ब्ल्याक लाइफसहित संयुक्त राज्य अमेरिका, सातवटा क्यारेबियन देशका केही संगठनलाई आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाएको एसोसिएट प्रेसले जनाएको छ।
सहयोगको प्रतिबद्धतासहित रिहानाले विज्ञप्तिमा भनेकी छिन्, “जलवायुसम्बन्धी विपत्तिको तीव्रता र आवृत्ति बढिरहेको छ। सबै समुदायमा उस्तै प्रभाव परेको छैन, तर टापु देशहरू र अश्वेत समुदायले धेरै रूपमा जलवायु परिवर्तनका परिणाम भोगिरहेका छन्।”
ट्विटरका सहसंस्थापक ज्याक डोर्सेको ह्यासट्याग स्टाटस्मल फन्डसँगको सहकार्यमा रिहानाले सहयोगको प्रतिबद्धता गरेकी हुन्। ह्यासट्यागस्मल फन्डले जोखिममा परेको समुदाय विशेष गरी महिला, फरक पहिचान भएका व्यक्ति, फरक रंग र आदिवासी नेताहरूमा आफ्नो सहयोग केन्द्रित गर्दै आएको छ।
यसअघि पनि कोरोना भाइरस संक्रमणको महामारीका बेला पनि रिहाना र डोर्सेले मानसिक स्वास्थ्य सेवाक्षेत्रका लागि एक करोड ५० लाख डलर र अमेरिकी शहर लस एन्जलस घरेलु हिंसापीडितको सहयोगका लागि जनही २१ लाख डलर गरी संयुक्त रूपमा सहयोग गरेका थिए।
रिहाना गत वर्ष फोर्ब्सको अर्बपतिको सूचीमा परेकी थिइन्। उनको कस्मेटिक कम्पनी फेन्टी ब्युटी, कपडाको ब्रान्ड, गायन र कलाकारिता क्षेत्रबाट उनी अर्बपति बनेकी हुन्। उनको फेन्टी ब्युटी कम्पनी मात्रै एक अर्ब ४० करोड अमेरिकी डलरको रहेको अनुमान छ।
विभिन्न कन्सर्टहरूमा आफ्नो प्रस्तुति दिएर उठेको रकमलाई पनि रिहानाले कल्याणकारी कामका लागि सहयोग गर्ने गरेकी छिन्। रिहाना युवामाझ चर्चित गायिका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
