नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार राप्ती उपत्यका देउखुरीमा संविधानको धारा १७२ बमोजिम शपथ गराएका छन्।
दाङ– लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आइतबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा १७२ बमोजिम शपथ गराएका हुन्।
मुख्यमन्त्रीको सिफारिसमा मन्त्री भएका आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, खानेपानी, भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारू, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखसमक्ष शपथ लिए।
मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा शनिबार मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेका थिए। यसअघि विनाविभागीय मन्त्रीका रूपमा रहेका ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री कृष्णा केसीको पनि शनिबार नै कार्य विभाजन गरिएको थियो।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री गिरी, प्रदेश सभामुख तुलबहादुर घर्ती, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा. दीपक काफ्ले, प्रदेश सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री गिरीले गत पुस २८ गते आफूसहित १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरेका थिए। विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा (एमाले) बाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन्।
मुख्य न्यायाधिवक्ताको शपथ
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले पौडेललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्य न्यायाधिवक्ता पौडेललाई आइतबार उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश गोपाल भट्टराईले प्रदेश प्रमुखको उपस्थितिमा शपथ गराएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
