एमाले सांसद रघुजी पन्तले सरकारले सवारी व्यवस्थापन गर्न नसक्दा राष्ट्रपति संस्था विवादमा तानिएको भन्दै असन्तुष्टि जनाए।
काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थापन गर्ने दायित्व सरकारको भएकोले सहज र सजिलो तरिकाले गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले समयानूकल कार्यविधि परिमार्जन गर्दै लैजानुपर्ने बताए।
सांसद पन्तले सरकारले सवारी व्यवस्थापन गर्न नसक्दा राष्ट्रपति संस्था विवादमा तानिएको भन्दै असन्तुष्टि जनाए। नियम, कानुनहरूको समयानूकल परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले त्यस्तो नगर्दा राष्ट्रपतिले गाली खानुपरेको उल्लेख गरे।
“यो प्रणालीको समयानूकल परिमार्जन हुन आवश्यक छ। यो गर्ने भनेको सरकारले हो। सरकारले यो नगर्ने राष्ट्रपतिले किन गाली खाने? राष्ट्रपतिजस्तो संस्था किन विवादमा पर्ने?”, उनले भने, “त्यसैले यस विषयमा प्रधानमन्त्रीले ध्यानाकर्षण गराउन चाहन्छु। सवारीको औपचारिक कार्यक्रममा जाँदाखेरी यसलाई सहज, सजिलो र जनतालाई अप्ठ्यारो नपर्ने गरी कसरी व्यवस्थापन गर्ने हो गर्नुपर्यो। यो सरकारको दायित्व हो।“
उनले शुक्रबारको सवारीका क्रममा आफूले गाली खाने डरले सांसदको लोगो र मुख छोप्नुपरेको पनि सुनाए। “थुप्रै मान्छेले गाली गरिरहेका छन्, मैले लोगो छोप्नु पर्यो। म चढेको बाइकलाई अगाडि बढाऊँभन्दा मुखमा मास्क लगाउनुपर्यो। किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले“, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
