प्रधानमन्त्री दाहाल विकास आयोजनाको अनुगमन र निरीक्षणका लागि सोमबार कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बताउने प्रतिबद्धता जनाएका छन्।
कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका बहालवाला तथा पूर्वसांसद, मन्त्री, विशेषज्ञ, सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवसँग भएको छलफलमा प्रधानमन्त्री दाहालले त्यसलाई अघि बढाउन आफू सकारात्मक रहेको बताएका हुन्। प्रधानमन्त्री दाहाल सोमबार विकास आयोजनाको अनुगमन र निरीक्षणका लागि कैलाली र कञ्चनपुर जाँदै छन्। त्यसअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा त्यस क्षेत्रका सरोकारवालासँग छलफल गरेका हुन्।
“मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ,” प्रधानमन्त्री दाहालले भने, “गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो।” गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने भन्दै लामो समयदेखि छलफल हुँदै आएको छ।
पूर्वसांसद डा. दीपकप्रकाश भट्टले विश्वविद्यालय स्थापनाका लागि दबाब समूह बनाएर छलफल अघि बढाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
