क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

रियल मड्रिडले साउदी क्लब अल हिलाललाई ५–३ गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको छ।  

काठमाडौँ– रियल मड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।​ शनिबारराति सम्पन्न फाइनलमा  रियलले साउदी क्लब अल हिलाललाई ५–३ गोल अन्तरले पराजित गर्‍यो।

रियललाई कीर्तिमानी पाँचौँ पटक उपाधि दिलाउन भिनिसियस जुनियर र फेड्रीको भाल्भर्डेले २–२ तथा करिम बेन्जेमाले १ गोल गरेका थिए। अल हिलालका लागि लुसिआनो भिएट्टोले २ र मोउसा मारेगाले १ गोल गरे। मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाह स्टेडियममा १३औँ मिनेटमा भिनिसियसको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो।

उनले बेन्जेमाको पासमा गोल गरेका थिए। १८औँ मिनेटमा भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। २६औँ मिनेटमा हिलालका मारेगाले गोल गरे। ५४औँ मिनेटमा बेन्जेमाले गोल गरे। उनले भिनिसियसको पासमा गोल गरेका थिए। ५८औँ मिनेटमा भाल्भर्डेले व्यक्तिगत दोस्रो गोल गरे। ६३औँ मिनेटमा भिएट्टोले गोल गर्दै अल हिलाललाई ४–२ को स्थितिमा ल्याए। ६९औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे। ७९औँ मिनेटमा हिलालका भिएट्टोले गोल गरे। 

त्यसपछि गोल हुन सकेन र रियल ५–३ ले विजयी बन्यो। रियलले यसअघि २०१४, २०१६, २०१७, २०१८ मा यो उपाधि जितेको थियो।