सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ सम्मको प्रदर्शनका आधारमा उत्कृष्ट तीन जना छनोट गरिएको हो।
काठमाडौँ– विश्व फुटबल महासंघ (फिफा)ले सन् २०२२ को वर्ष खेलाडीका लागि तीन जनाको नाम सार्वजनिक गरेको छ।
शुक्रबार राति सार्वजनिक अन्तिम मनोनयनमा पुरुषतर्फ लियोनल मेसी, केलियन एमबाप्पे, करिम बेन्जेमा परेका छन्। सन् २०२१ अगस्ट ८ देखि २०२२ डिसेम्बर १८ सम्मको प्रदर्शनका आधारमा छनोट गरिएको हो। मनोनयनमा परेका खेलाडीहरूलाई फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले मत दिएका थिए।
विजेताको घोषणा फेब्रुअरी २७ गरिने फिफाले जनाएको छ। गत दुई वर्ष रोबर्ट लेवान्डोस्कीले फिफा वर्ष अवार्ड जितेका थिए। मेसीले सन् २०१९ मा जितेका थिए। उनी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए। फाइनलमा पुगेको फ्रान्सका लागि ह्याट्रिक गरेका एम्बाप्पे र सन् २०२२ को बालेन डी’ओर विजेता बेन्जेमा पहिलो पटक उत्कृष्ट तीनमा परेका हुन्।
यस्तै महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन अन्तिम प्रतिस्पर्धामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
