१२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक आठ, एपीएफले तीन र आर्मीले एउटा स्वर्ण पदक जितेका छन्।
काठमाडौँ– नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको दोस्रो दिन पाँचवटा स्वर्ण पदक थपेको छ। ललितपुर सातदोबाटोस्थित कराँते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपीएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ।
प्रतियोगिताको पहिलो दिन बिहीबार पुलिसले तीन र एपीएफ क्लबले दुईवटा स्वर्ण पदक जितेको थियो। १७ इभेन्ट्समध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक आठ, एपीएफले तीन र आर्मीले एउटा स्वर्ण पदक जितेका छन्। प्रदेशका टोलीले भने अहिलेसम्म स्वर्णको खाता खोल्न सकेका छैनन्। प्रतियोगिताको अन्तिम दिन पाँच वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
पुरुष कुमुते ६० केजी तौल समूहमा एपीएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कांस्य पदक जितेका छन्।
यसअघि शुक्रबार नै नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपीएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेश प्रदेशकी खुस्बु खड्काले कांस्य पदक प्राप्त गरे।
पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए। त्यसमा एपीएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कांस्य पदक जितेका थिए।
त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जित्दा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कांस्य पदक प्राप्त गरिन्।
यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपीएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कांस्य पदक प्राप्त गरेका थिए। त्यसअघि पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। त्यसमा आर्मीका विभुषा थापा रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कांस्य पदक प्राप्त गरे।
त्यस्तै दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए। त्यसमा बागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कांस्य पदक प्राप्त गरे।
पहिलो दिनको विजेता खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद शंकर भण्डारीले शुक्रबार पुरस्कृत गरेका थिए। गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराँते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराँते प्रतियोगिता शनिबारसम्म चल्नेछ।
हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्रान्डको गिफ्ट भौचर प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कारसहित केल्मीको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना, प्रहरी, सशस्त्र) गरी १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
