स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
काठमाडौँ– बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ। बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भएको फाइनल खेलमा ३–० ले पराजित टोली शुक्रबार दिउँसो स्वदेश फर्किएको हो।
स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशका लागि शाहिदा अख्तर रिपा, शामसुनाहार जुनियर र उन्नति खातुनले एक एक गोल गरे।
सिंगल राउन्ड रोबिनमा सञ्चालित प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा रहेर बंगलादेश फाइनल पुगेको थियो। नेपाल भने दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। लिग चरणको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो।
प्रतियोगिता बंगलादेशसँगै नेपाल, भारत र भुटान सहभागी थियो। सन् २०१८ मा भुटानमा भएको साफ यू–१८ महिला फुटबल प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। सन् २०२१ मा बंगलादेशमा भएको यू–१९ मा नेपाल सेमिफाइनलमै रोकिएको थियो। सन् २०२२ मा भारतमा भएको यू–१८ मा सहभागी तीन देशमा नेपाल तेस्रो भएको थियो। तस्वीरहरू :









Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
