साफ महिला यू-२० च्याम्पियनसिप : फाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ महिला यू-२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको छ।

काठमाडौँ– नेपाल साफ महिला यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको छ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा बिहीबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो।

घरेलु टोली बंगलादेशका लागि शाहिदा अख्तर रिपा, शामसुनाहार जुनियर र उन्नती खातुनले एक एक गोल गरे।

४२ औँ मिनेटमा शाहिदाको गोलमार्फत बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्‍यो। शामसुनाहारले बंगलादेशका लागि दोस्रो गोल गरेकी थिइन्।

८७औँ मिनेटमा उन्नतिले गोल गर्दै बंगलादेशलाई ३-० को शानदार जित दिलाइन्।