मानिसमा लामखुट्टेलाई आकर्षित गर्ने गुण परीक्षण गर्न वैज्ञानिकहरूले गरेको प्रयोगले यसको कारण मानिसको गन्ध नै भएको निष्कर्ष निकालेको हो।
मानिसले लामखुट्टेलाई चुम्बकजस्तै आकर्षित गर्छन् भनेर सुन्दा अचम्म लाग्नसक्छ। तर, एक अनुसन्धानका अनुसार मानिसले लामखुट्टेलाई वास्तवमै चुम्बक जसरी आकर्षित गर्ने निष्कर्ष निकालेको छ। वैज्ञानिकहरूका अनुसार मानिसको छालामा धेरै प्रकारका रसायन उत्पादन हुने र त्यसको गन्धका कारण लामखुट्टे आकर्षित हुने गर्छ। कसैलाई लामखुट्टेले धेरै टोक्ने र कसैलाई कम टोक्ने गरेको पनि यसै कारण भएको अध्ययनको तर्क छ।
अनुसन्धानका क्रममा मानिसको गन्धले चुम्बक जसरी नै लामखुट्टेलाई कसरी आकर्षित गर्छ भन्ने प्रमाणित भएको वैज्ञानिकहरूको भनाइ छ। मानिसमा लामखुट्टेलाई आकर्षित गर्ने गुण परीक्षण गर्न वैज्ञानिकहरूले गरेको प्रयोगले यसको कारण मानिसको गन्ध नै भएको निष्कर्ष निकालेको हो।
अनुसन्धानका क्रममा ६४ जना स्वयंसेवकका हातमा नाइलनका मोजा केहीबेर लगाउन दिइयो। त्यसपछि ती मोजा लामो ट्युबको एक छेउमा झुल नजिकै बेग्लाबेग्लै राखियो र थुप्रै लामखुट्टेहरू छोडियो। त्यतिबेला सबै लामखुट्टेहरू सबैभन्दा आकर्षक गन्ध भएका व्यक्तिले लगाएका मोजा नजिकै झुम्मिएका थिए। कम आकर्षकको तुलनामा धेरै लामखुट्टे झुम्मिएको व्यक्तिको गन्ध १०० गुणाले आकर्षण भएको अनुसन्धानबाट पत्ता लागेको हो।
यसैबाट मानिसको गन्धले नै लामखुट्टे आकर्षित हुन्छन् भन्ने प्रमाणित भएको अनुसन्धानकर्ता डे ओल्बाडियाको भनाइ छ। प्रयोगका क्रममा जुन मानिसले लगाएको मोजाले लामखुट्टे आकर्षित गरेको थियो, त्यस व्यक्तिको छालामा केही चिप्लो प्रकारको अम्लीय पदार्थको मात्रा धेरै रहेको थियो। यस्तो चिप्लोपना छालामा प्राकृतिक रूपमै हुने चिसोपना हो, जुन मानिसपिच्छे फरकफरक मात्रामा हुन्छ।
अनुसन्धानका क्रममा केही लामखुट्टेहरूको जिनमै परिवर्तन गरी तिनीहरूको सुँध्ने शक्ति नष्ट गरिएको थियो। तर, पनि पहिलेकै आकर्षक गन्ध भएको मोजामा झुम्मिएका थिए। सुँध्ने शक्तिबाहेक लामखुट्टे धेरै प्रकारले मानिसप्रति आकर्षित हुने गरेको बताइन्छ। त्यसैले गन्धबाहेक पनि अन्य के कुराले सोही व्यक्तिमै आकर्षित भए भन्ने पनि अध्ययन भइरहेको छ।
यस प्रयोगमा एडिस एजिप्टो नामक लामखुट्टे प्रयोग भएका थिए। ज्वरो, जिका र डेंगीजस्ता रोग फैलाउने एडिस लामखुट्टेबाहेक अन्य प्रजातिका लामखुट्टेबाट पनि अनुसन्धानकर्ताहरूले यस्तै नतिजाको अपेक्षा गरेका छन्। तर, अन्य लामखुट्टेमा यो पुष्टि हुन बाँकी छ।
वैज्ञानिकहरूले गरेको प्रयोगलाई धेरै पटक दोहोर्योइएको थियो। तर, नतिजा एउटै निस्किएको थियो। एकै व्यक्तिमा धेरै वर्षपछि भने फरक नतिजा आउनसक्ने वैज्ञानिकहरू बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
