उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले छलफल गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटवार्तामा उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।
सत्तारूढ दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार ३ बजेका लागि तय थियो। बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको थियो। तर, संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र ओली छलफलमा जुटेका हुन्।
बुधबार ओलीनिवास बालकोटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको छलफलपछि संयन्त्रको बैठक तय गरिएको थियो।
प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले 'छलफल राम्रो' भएको बताए। सुदूरपश्चिम सरकार जोगिन्छ त भन्ने प्रश्नमा ओलीको संक्षिप्त जवाफ थियो, "जोगिन्छ होला।"
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने समय बिहीबारसम्म मात्रै छ। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
