बिहीबार बेलुका पाँच बजे बस्ने बैठकको शुरूमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।
काठमाडौँ– सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दै छ। साँझ पाँच बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको कोषाध्यक्ष तथा कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
“दुई महिने संगठन विस्तार कार्यक्रम र अरू समसामयीक विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो,” उनले भने। हालै सम्पन्न स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारीको टुंगो लगाएको थियो। ढकालका अनुसार स्थायी समिति बैठकबाट पूर्वसभामुख अग्निप्रसाद सापकोटा र उपमहासचिव रहेकी पम्फा भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको छ। यसअघि नेकपा माओवादी केन्द्रमा कृष्णबहादुर महरा मात्रै उपाध्यक्ष थिए।
बैठकको शुरूमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै पदाधिकारी चयन, स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई तोकिएको विभिन्न विभागीय जिम्मेवारीको घोषणा गर्ने कार्यसूचीसमेत छ। स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको कार्यसमिति विघटन गरेर सम्मेलन आयोजक कमिटी गठन गर्नसमेत निर्देशन दिएको थियो।
विद्यार्थी संगठनमा तीव्र विवाद देखिएपछि समस्या समाधान गर्न पञ्चा सिंहकै नेतृत्वमा सम्मेलन आयोजक कमिटी बनाउने निर्णय गरेको हो। स्ववियु निर्वाचनपछि संगठनको सम्मेलन गर्न बैठकले निर्देशन दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
