पीएसजी फ्रेन्च कपबाट बाहिरियो

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए।

काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपबाट बाहिरिएको छ। बुधबार राति अन्तिम १६ को खेलमा १४ पटकको विजेता पीएसजीलाई मुख्य प्रतिद्वन्द्वी मार्सेले २–१ ले स्तब्ध  बनाएको हो।

मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरे। पीएसजीका सर्जियो रामोसले एक गोल फर्काए। खेलको ३१औँ मिनेटमा सान्चेजले पेनाल्टीबाट गोल गर्दै मार्सेलाई शुरूआती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए। मार्सेका मिलानोभ्स्कीले ५७औँ मिनेटमा गोल गरे।

त्यसपछि पीएसजीले निरन्तर आक्रमण गरे पनि मार्सेका गोलरक्षकले विफल बनाए। फ्रान्सेली लिग वानमा भने पीएसजी शीर्षस्थानमा छ। मार्से दोस्रो स्थानमा छ।