१ वर्षमा थपिए ३८ लाख ४० हजार मोबाइल बैंकिङ प्रयोगकर्ता

गत पुससम्म मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या दुई करोड ५३ हजार ४२० पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– पछिल्लो एक वर्षमा ३८ लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्। गत पुसयता वाणिज्य, विकास बैंक र वित्त कम्पनीबाट मोबाइल बैंकिङ लिनेको संख्या ३८ लाख ४० हजार ९५२ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

यस्तो सेवा प्रयोगकर्ताको कुल संख्या दुई करोड ५३ हजार ४२० रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको पुसमा यो संख्या एक करोड ६२ लाख १२ हजार ४६८ थियो। डिजिटल कारोबार बढ्दै जाँदा मोबाइल बैंकिङसँगै, इन्टरनेट बैकिङ, डेबिट, क्रेडिट कार्ड प्रयोगकर्ता पनि बढेका छन्।

राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ६८ हजार ९३२ पुगेका छन्। पछिल्लो एक वर्षमा मात्रै  दुई लाख १२ हजार ६१ सेवाग्राहीले इन्टरनेट बैकिङ लिएका छन्। पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले एक करोड २२ लाख २२ हजार ३८७ थान डेबिट कार्ड जारी गरेका छन्। 

यस्तै क्रेडिट कार्ड लिनेको संख्या दुई लाख ७६ हजार ८९ पुगेको राष्ट्र बैंकले जनाएको छ।