राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष उर्मिला अर्याललाई शपथ गराएका छन्।

तस्वीर : रासस

काठमाडौँ– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्। शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि उपस्थिति थिए।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध निर्वाचित भएकी थिइन्।