भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा थोरै संख्यामा नेपाली रहेको र त्यहाँबाट कुनै पनि नेपालीको मानवीय क्षतिको विवरण नआएको गैरआवासीय नेपाली संघले जनाएको छ।
काठमाडौँ– गैरआवासीय नेपाली संघले टर्कीमा गएको शक्तिशाली भूकम्पमा नेपालीहरूको हताहतीको खबर नआएको जनाएको छ। टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा ७.८ म्याग्निच्यडको शक्तिशाली भूकम्पका कारण भएको हताहती तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ।
गैरआवासीय नेपाली संघको विवरणअनुसार टर्कीको इस्तानबुल, अँकारा, इज्मिर, अन्टालिया, बोडुर्म लगायतका स्थानमा २ हजारदेखि २ हजार ५ सय नेपालीको बसोबास रहेको छ। भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा भने थोरै संख्यामा नेपाली रहेको बताइएको छ।
“त्यहाँस्थित नेपालीहरू अहिले हाम्रो राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी)टर्कीसँग प्रत्यक्ष सम्पर्कमा छन्। भूकम्पमा हालसम्म कुनै नेपालीको क्षति नभएको जानकारी प्राप्त भएको छ। गाजियान्टेपबाट हामीसँग सम्पर्कमा जोडिनुभएका नेपालीले आफूहरू सुरक्षित रहेको बताउनुभएको छ“, गैरआवासीय नेपाली संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
टर्कीमा रहेका नेपालीलाई सुरक्षित रहन र सम्पर्कमा रहिरहन गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङले आग्रह गरेका छन्।
सोमबार सिरियासँगको सीमानजिकै गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)ले जनाएको छ। त्यसपछि पनि त्यहाँ शक्तिशाली भूकम्प गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पमा परेर अहिलेसम्म १७ सयभन्दा बढीको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
