उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदबीचको सहकार्यलाई विकास गर्दै जाने बताइन्।
काठमाडौँ– राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन्।
सोमबार राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताएकी हुन्।
उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन्। उनले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उल्लेख गरिन्।
त्यस्तै, महिलाका लागि नयाँ नियम, कानून बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन्। “महिलाहरूका लागि के कति काम, नयाँ नियम कानून बनाउन सक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जाने, त्यसको नीतिगत पहलहरूमा भूमिका खेल्ने हो“, उनले भनिन्।
उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाले आफूलाई सर्वसम्मत रूपमा निर्वाचित गराउन भूमिका खेलेका उल्लेख गरिन्।
आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनको भनाइ छ। उनले आफूले कसैको पक्ष नलिई काम गर्ने विश्वास व्यक्त गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
