कस्तो रहनेछ आजको मौसम?

दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा  हिमपातको सम्भावना छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो प्रदेश १, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा  हिमपातको सम्भावना छ।

राति पहाडी भागमा सामान्य बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भागमा राति पनि हिमपातको हुने महाशाखाले जनाएको छ।