भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।
नेपालगन्ज– नेपालगन्ज लिटिल स्टार प्रतियोगितामा १३ वर्षीया क्रिष्पी सिंह ठकुरी विजेता घोषित भएकी छिन्।
शनिबार सोल्टी वेस्टेन्ड प्रिमियरमा भएको पेजेन्टमा सोफिया स्कुलमा आठ कक्षामा अध्ययनरत क्रिष्पीले बेस्ट स्माइल उपाधिसमेत जित्न सफल भइन्। कार्यक्रमको प्रमुख निर्णायक मिस नेपाल २०२० नम्रता श्रेष्ठले सोधेको प्रश्नमा उत्कृष्ट वक्तत्वसहित प्रस्ट जवाफ दिएपछि उनी विजेता घोषित भएकी हुन्।
भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।
पहिलोपटक स-साना बालबालिकाबीच स्पर्धा गराइएको लिटिल स्टारमा स्प्रिङडेल स्कुलीकी युनिसा डिसी फस्ट रनर अप घोषित भइन्। त्यसैगरी, निमा शेर्पा सेकेन्ड रनरअप भइन्। १८ वर्षमुनिका मात्र स्पर्धा गराइएको यस विधामा निवेदिता न्यौपानेलाई अर्गनाइजर च्वाइस अवार्ड, समृद्धि क्षेत्रीलाई भ्युअर्स च्वाइस अवार्ड प्रदान गरियो। निवेदिताले बेस्ट वाक र फोटोजेनिक उपाधिसमेत हासिल गरिन्।
नेपालगन्जस्थित शिखर प्लाई उद्योगका सहसंस्थापक रेखा बोथरा र कुसुम दुगड, नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, होटल सोल्टी वेस्टेन्ड प्रिमियरका महाप्रबन्धक राजविक्रम शाह र आयोजक लिभवेलका अध्यक्ष कल्पना खड्काले विजेतालाई पुरस्कृत गरेका थिए। केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेडले समेत शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा प्राइमेरीतर्फ मनन श्रेष्ठ विजेता घोषित भए। यसमा प्रान्जय चन्द ठकुरी फर्स्ट रनरअप, गीर्वाणराज शर्मा सेकेन्ड रनरअप भए। त्यसैगरी, छात्रातर्फ प्रणिती खड्का विजेता बन्दा साइसा लामिछाने फस्ट रनरअप, प्रसन उपाध्याय सेकन्ड रनरअप, श्रीयन्श शाह र शिवान्जली अवस्थी भ्युअर्स च्वाइस अवार्डले पुरस्कृत भए।
त्यस्तैऽ प्रिस्कुल तहमा अधिरा बहेलिया विजेता भइन्। त्यसमा इशिका यरी फस्ट रनरअप, कृस्टिना थारू सेकेन्ड रनरअप भए। छात्रतर्फ परमार्थ प्रताप सिंह विजेता बने। निशाद नेपाल फस्ट रनरअप र राइडेन लामा सेकेन्ड रनरअप भए।
बुद्ध र वेदलाई विश्वभर चिनाउन बालबालिकालाई लिएर ८३ वर्षकी टर्नरले एक दशकअघि अभियान थालेकी थिइन्। उनकै सम्मानमा स–साना बालबालिकाले एक साथ विश्वशान्तिको कामना गरेपछि कार्यक्रम शुरू गरिएको थियो। प्रतिस्पर्धी बालबालिकाले नृत्य, गायन, वक्तृत्व र प्रश्नोत्तर कार्यक्रममा पूर्णतः नेपाली मौलिकता र संस्कृति झल्कने पहिरनमा स्टेजमा उक्लिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
