तराईमा बिहानैदेखि हुस्सु, प्रदेश १ मा हिमपातको सम्भावना

हिमपात र हुस्सुका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। प्रदेश १ को उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातसमेत हुने सम्भावना छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राति देशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ।

हिमपात हुने र हुस्सु लाग्ने स्थानको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।