राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ। आकस्मिक रूपमा बोलाइएको संयुक्त बैठक शनिबार साँझ साढे आठ बजे केन्द्रीय कार्यालय बसुन्धारामा बस्न लागेको केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको दुई दिनको समय सकिएपछि रास्वपाको बैठक बस्न लागेको हो। रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताउँदै आएको छ।
यसअघि बिहीबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दुई दिनको समय दिने निर्णय गरेको प्रवक्ता मुकुद ढकालले बताएका थिए।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री दाहालले रास्वपासँग छलफल गर्ने र समस्याको समाधान हुने बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
