नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई 'वाम–दक्षिणपन्थी खिचडी गठबन्धन'को संज्ञा दिएका छन्।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा रहेको बताएका छन्।
शनिबार शुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन विचारहीन र अराजनीतिक भएकाले अस्थीरताको खतरा बढेको धारणा राखेका हुन्। “राजनीतिक रूपमा अपरिपक्व व्यक्तिहरू मन्त्री बनेका छन्। संसद्को रोष्टममा उभिएर संविधानको विरोध भइरहेको छ। राजतन्त्रको वकालत गर्नेहरू सरकारमा बसेर संघीयताको विरोध गरिरहेका छन्,” नेपालले भने, “यसले यो संविधान र व्यवस्थाप्रति खतरा बढेको संकेत गरिरहेको छ।”
फेरिएको समीकरणका कारण मुलुकमा संविधान र व्यवस्थाप्रति जोखिम निम्तिएको अध्यक्ष नेपालको दाबी थियो। निर्वाचनमा लोकप्रियतावादी शक्तिले आशा जगाएर मत लिए पनि अहिले त्यसको व्यापक दुरुपयोग गरिरहेको नेपालको भनाइ थियो। “मन्त्री पदका लागि देखाइरहेको आशक्ति र स्वार्थ जोडिएको मन्त्रालय लिएर गरिएको शक्तिको दुरुपयोग छताछुल्ल भएको छ,” नेपालले भने।
निर्वाचनमा नयाँ मतदाताको मत आफूहरूले तान्न नसकेको र त्यो मत राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको उनको भनाइ थियो। आइतबारसम्म चल्ने बैठकमा अध्यक्ष नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। अहिले प्रतिवेदनमाथि छलफल भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
