दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ।
काठमाडौँ– बंगलादेशमा शुरू भएको साफ यू–२० महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा आयोजक बंगलादेशसँग ३–१ ले पराजित भएको हो। बंगलादेशका साहिदा रिपाले दुई र अक्लिमा खातुनले एक गोल गरे। नेपालकी मनमाया दमाईंले एक गोल फर्काइन्।
खातुनको गोलमा बंगलादेशले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। रिपाले १३औँ र अतिरिक्त समयमा गोल गर्न सफल भइन्। नेपालले २४औँ मिनेटमा गोल फर्काएको थियो।
दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ। शुक्रबारै भएको अर्को खेलमा भारतले भुटानलाई १२–० ले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
