घनश्याम भुसाल चढेको गाडी बानेश्वरमा दुर्घटना

घनश्याम भुसाल चढेको गाडी सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। उनलाई निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल चढेको गाडी नयाँ बानेश्वरमा दुर्घटना भएको छ।

भुसाल सवार गाडी शुक्रबार ११:३० बजे सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको उनका सहयोगी गौतम राईले बताए। “उहाँ आफैँ गाडी चलाएर पार्टी कार्यालय गइरहनुभएको थियो। अचानक रिँगटा लागेपछि गाडी साइड लगाउने क्रममा डिभाइडरमा ठोक्किएको हो,” राईले भने, “अहिले निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको छ।”

भुसालको अवस्था सामान्य रहेको तथा गाडीमा भने सामान्य क्षति पुगेको राईले बताए।