हङकङ जाने र आउने निःशुल्क टिकट मार्च १ देखि खुला हुनेछ। पर्यटक आकर्षण गर्न सरकारले नयाँ योजना ल्याएको हो।
हङकङ सरकारले पर्यटन प्रवर्द्धन गर्नका लागि पाँच लाख पर्यटकलाई निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ। हङकङको पर्यटन व्यवसाय पुनरुत्थान र विदेशीलाई स्वागत गर्ने योजनाअन्तर्गत पाँच लाख निःशुल्क हवाई टिकटको व्यवस्था गर्न लागेको हो।
विदेशी पाहुनाको स्वागतका लागि ‘हेलो हङकङ’ नामक पर्यटन अभियानअन्तर्गत दुई वर्षको अवधिमा पाँच लाख निःशुल्क टिकट बाँडिने सरकारले जनाएको छ।
कसरी लिने निःशुल्क टिकट?
हङकङ जाने निःशुल्क टिकट मार्च १ देखि खुला हुनेछ। यसका लागि वर्ल्ड अफ वीनर्स टिकट अभियानको पेजमा गएर 'फ्लाइट टिकट लट्री'मा आफ्नो नाम राख्न सकिनेछ। यो सुविधा दक्षिणपूर्वी एशियाली मुलुक नागरिकले मार्च १, केन्द्र सरकार चीनबाट अप्रिल १ र मे १ तारिखदेखि विश्वभरका मानिसका लागि खुला हुनेछ।
यसरी हङकङ जान र आउन निःशुल्क टिकट पाइनेछ। टिकटमध्ये ६५ प्रतिशत विभिन्न एयरलाइन्स र उनीहरूका एजेन्टहरूले छनोट गर्नेछन्। अरू जानकारी हङकङ उडान हुने विभिन्न एयरलाइन्सहरूबाट पनि थाहा पाउन सकिनेछ।
विश्वको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हङकङको पर्यटन व्यवसाय कोभिड १९ का कारण सुस्त बनेको छ। चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि हङकङमा सन् २०२० को जनवरीदेखि नै भेला हुने सबै कार्यक्रम बन्द गरिएका कारण पर्यटनले गति लिन नसकेको सीएनएनले उल्लेख गरेको छ।
कोरोनाकै कारण हङकङ आउजाउ महँगो पर्दै आएको थियो। विशेषगरी क्वारेन्टिनका कडा नियम, २१ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने, धेरै पटक पीसीआर परीक्षण गर्नुपर्नेजस्ता नियमका कारण पर्यटनमा प्रत्यक्ष असर पुगेको थियो। तर, यी अधिकांश नियम सन् २०२२ को सेप्टेम्बरबाट हटाइएको छ।
जनजीवन सहज बनेका बेला पर्यटक आकर्षण गर्न सरकारले नयाँ योजना ल्याएको हो। कोभिडअघि हङकङले एक वर्ष ५ करोड ६० लाख जनासम्म पर्यटकलाई स्वागत गरेको तथ्यांक छ। तर, यो संख्या सन् २०२२ मा १ लाखमा झरेको थियो।
यति मात्र होइन विश्वकै महत्त्वपूर्ण वित्तीय 'हब' मानिने हङकङको जनसंख्या पनि सन् १९६१ यताकै तीव्र गतिमा घटेको छ। त्यहाँको जनसंख्या १.६ प्रतिशतले घटेको सरकारको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
