सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।
काठमाडौँ– नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेविरुद्धको मुद्दामा शुक्रबार सुनुवाइ हुँदै छ।
उनको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ। सन्दीपलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो। निवेदनमा सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गरिएको छ। अदालतको आदेशपछि सन्दीप पुस २९ मा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यान छनोट समितिले घरेलु मैदानमा आयोजना हुने आईसीसी डिभिजन लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको एक दिवसीय श्रृंखलाका लागि प्रशिक्षणमा बोलाएको हो। सन्दीप प्रारम्भिक टोलीमा भने परेका थिएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
