प्रदेश १ र गण्डकीमा आंशिक बदली, तराईमा बिहानैदेखि हुस्सु

तराईमा बिहानीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाको भनाइ छ। दिउँसो प्रदेश १ र गण्डकीमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ।

तर, तराईमा बिहान र बेलुकीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन।

जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ।