पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार हरेक वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिन्छ।
काठमाडौँ– यस वर्षको अमर नेम्बाङ स्मृति पुरस्कार साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई दिइने भएको छ।
अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको चौथो स्मृति दिवसका दिन माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्न लागेको हो। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले हरेक वर्ष अग्रज साहित्यकारलाई प्रदान गर्दै आएको छ।
यो पुरस्कार गत वर्ष शारदा सुब्बा र बिना थिङलाई प्रदान गरिएको थियो। यस्तै, २०७७ सालमा डा. गोविन्दराज भट्टराई र वीर नेम्बाङ तथा २०७६ सालमा डा. देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई प्रदान गरिएको थियो। सो अवसरमा आगलागी पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेनदार छात्रवृत्तिसमेत वितरण गर्ने प्रतिष्ठानले जनाएको छ। पर्यावरणीय लेखनका अभियन्ता नेम्बाङको गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा २०७५ माघ २६ गते निधन भएको थियो।
उनका ‘सम्झनाका तरेलीहरू’ निबन्ध संग्रह, ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ संस्मरण र ‘एउटा साँझको अवसान’ कविता संग्रह प्रकाशित छन्। नेम्बाङले स्थानीय तहबाट नेपालमै पहिलोपटक मातृभाषा शिक्षा पठनपाठनलाई माध्यमिक तहसम्म सञ्चालन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
