माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर गएको टोली बुधबार राति अयोध्या पुगेको छ।
अयोध्या– नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइएको छ।
माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर हिँडेको टोली बुधबार राति अयोध्या आइपुगेको हो। उक्त शिलाबाट भगवान् रामको मूर्ति बनाएर अयोध्यामा बन्दै गरेको राममन्दिरमा राखिने छ।
‘श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट’का महासचिव चम्पत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला लिएर आएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेका थिए। ठुलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका छन्। बिहीबार एक समारोहबीच ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए।
ट्रस्टका महासचिव चम्पत रायले अयोध्यास्थित राम सेवकपुरममा अनुष्ठान पूजापछि औपचारिकरुपमा देवशिला बुझ्ने बताए। यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्या लगिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
