प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव केही दिनदेखि कायम छ। तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकीमा हल्का हिमपातको सम्भावना छ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।