महिलामा मुटु रोग र अन्य रोगका लक्षण उस्तै प्रकारका हुने भएकाले उनीहरूमा विशेष गरी डिप्रेसन र तनावको जोखिम उत्तिकै रहन्छ।
सामान्य लक्षण सोचेर उपचारमा ढिलाइ गर्दा मुटुसम्बन्धी समस्या र रोगलाई समयमै पहिचान गर्न सकिँदैन। आफूमा मुटुको समस्या भए नभएको कुरा हामी आफैले कसरी थाह पाउने भन्नेबारे हालै अमेरिकाको प्रतिष्ठित मायो क्लिनिकले गरेको छ। उक्त अध्ययनले मुटुको समस्या हुँदा यी लक्षण देखिने बताएको छ।
मुटुसम्बन्धी समस्याका लक्षणहरू
१. छातीको हड्डी तथा मांसपेशी दुख्नु,
२. घाँटी, काँध, हात, माथिल्लो पेट वा ढाडको माथिल्लो भागमा दुखाई फैलिँदै जानु,
३. थकान महसुस हुनु,
४. थोरै काम गर्दा पनि सास फेर्न असहज हुने
प्रायः अधिकांश महिलामा मुटुसम्बन्धी समस्या हुँदा पुरुषको भन्दा फरक लक्षण देखिन सक्छ।
१. वाकवाकी लाग्नु
२. बान्ता हुनु
३. ढाड दुख्नु,
४. पसिना आउनु
५. फिक्कापन आउनु
६. चक्कर लाग्नु
७. सास फेर्न कठिन हुनु
महिलामा मुटु रोग र अन्य रोगका लक्षण उस्तै प्रकारका हुने भएकाले विशेष गरी डिप्रेसन र तनावको जोखिम उत्तिकै रहन्छ।
मुटु रोगका कारण
१. मोटोपन
२. धूमपान तथा सुर्तीजन्य पर्दाथ सेवन
३. बोसो, सोडियम र कार्बोहाइड्रेटयुक्त खानाको बढी प्रयोग
४. उच्च रक्तचाप
५. कोलेस्ट्रोल हुनु
६. वंशानुगत गुण
मुटु रोगबाट बच्ने उपाय
१. स्वास्थ्यकर खाना खाने
२. व्यायाम गर्ने, शारीरिक रूपमा सक्रिय रहने
३. तनाव कम गर्ने
४. धूमपान नगर्ने
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
