नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान शुरू गरिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए।
काठमाडौँ– पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको पहिचान गर्न ‘डीएनए’ परीक्षण शुरू भएको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटना परी शव अत्यधिक जलेको कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण शुरू गरिएको जानकारी दिए।
उनका अनुसार नेपाल प्रहरीको डीएनए प्रयोगशालामा शव पहिचान शुरू गरिएको हो। उनले परिवारको नमुना संकलन र ६ जना शवको हड्डी र दाँतको डीएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ।
काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिंगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो। पोखरामा २२ जनाको फरेन्सिक जाँचबाट शव पहिचान गरिएको हो। गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
