स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधि बिक्री भइरहेको बताएका छन्।
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बजारमा गुणस्तरहीन औषधिहरू छ्यापछ्याप्ती बिक्री भइरहेको गुनासो आइरहेको बताएका छन्।
मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यसको निगरानी गर्न निर्देशन दिएका छन्।
उनले सीमित क्षेत्रभन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए। उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाई प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे।
नागरिकको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न नमिल्ने बताउँदै उनले प्रभावकारी रूपमा काम गर्न आग्रह गरे। ठोस योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले विभागलाई कार्ययोजना बनाइ मन्त्रालयमा आउन आग्रह गरे।
मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए। त्यस्तै, उनले नवीकरणसम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन समेत निर्देशन दिए।
मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरवस्था रहेको भन्दै पूर्वाधार निर्माण गरी अघि बढ्न निर्देशन दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
