रास्वपा सभापति रवि लामिछानेले पुनः नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोस्रो पटक भेटेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका बारेमा स्पष्ट कुरा नगरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहालसँग गृह मन्त्रालय आफूलाई दिन आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले गृहको विषयमा स्पष्ट उत्तर नदिएको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए।
“पार्टी सभापतिले प्रधानमन्त्रीज्यूलाई गृहमन्त्रीको नाम माग्न आग्रह गर्नुभयो”, ढकालले उकालोसँग भने, “तर, प्रधानमन्त्रीज्यूले गृहमन्त्रीको नाम पठाउनुस्, शपथ गराउनुपर्छ भन्ने कुरा गर्नुभएन।” आफूहरूले अल्टिमेटम भने नदिएको उनले बताए। “कुरा क्लियर गर्नुपर्यो, यसरी अलमलिएर हुँदैन चाहिँ भनेका हौँ”, उनले भने।
नागरिकता विवादका कारण सांसद तथा गृहमन्त्री गुमाएका लामिछानेले पुनः नागरिकता लिएपछि प्रधानमन्त्री दाहाललाई दोस्रो पटक भेटेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
