प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासँगै जोडिएको राहदानीको विषय बाँकी नै रहेकाले रास्वपालाई गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृहमन्त्री दिन नसकिने प्रष्ट पारेका छन्।
मंगलबार प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीले यस्तो बताएका हुन्। “उहाँले आफूले प्रक्रियामा गएर नागरिकता लिइसकेकाले अहिले गृहमन्त्रीमा पुनः नियुक्त गर्नुपर्यो नभए पार्टीबाट अर्को कोही पठाउँछौँ। तर, गृह मन्त्रालय हाम्रै भागमा हुनुपर्छ भनेर प्रस्ताव गर्नुभयो”, प्रधानमन्त्रीसँग लामिछानेले गरेको आग्रह उद्धृत गर्दै दाहाल निकट स्रोतले भन्यो, “तर, प्रधानमन्त्रीले तत्काल गृह मन्त्रालय दिन नसकिने जवाफ दिनुभयो।”
लामिछानेले मंगलबार बेलुकासम्म पर्खिने र आफ्नो पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिन सक्ने जवाफ दिएर फर्किएको बताइएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता प्राप्ति गरेपछि लामिछानेले गृहमन्त्री बन्नका लागि दौडधुप तीव्र बनाएका छन्। उनले त्यसयता दुईपटक बालुवाटार नै पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन्। तर, प्रधानमन्त्री दाहाल भने लामिछाने वा लामिछानेकै पार्टीबाट अर्को कोहीलाई गृहमन्त्री दिने पक्षमा देखिएका छैनन्।
“उहाँले नागरिकता पुनः प्राप्ति गरे पनि राहदानीलगायत मुद्दाको विषय अझै टुंगो लागिसकेको छैन। गृह मन्त्रालय दिँदा त्यसको सन्देश राम्रो जाँदैन भन्नेमा प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ”, प्रधानमन्त्री दाहालको सचिवालयका एक सदस्यले भने। मंगलबारको भेटमा पनि प्रधानमन्त्री दाहालले लामिछानेलाई नागरिकतासँगै जोडिएको राहदानीको विषय बाँकी नै रहेकाले गृह मन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
