उपाध्यक्ष महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री दाहालले निर्णय गर्ने भएकाले पार्टीभित्र प्रवेश नै नगराइएको बताएका छन्।
काठमाडौँ– सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताएका छन्।
सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिर गरे।
"गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन। यो सरकारको विषय हो। गृहमन्त्री को हुन्छ, को हुन्न? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो। यो पार्टीले टुंग्याउने कुरा होइन”, उनले भने, “स्थायी कमिटीमा त्यो विषयमा पर्सी छलफल होला।"
सर्वोच्च अदालतको आदेशपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका थिए। सोही पदमा कसलाई पठाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले आवश्यक निर्णय गरेका छैनन्। अहिले सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालसँगै छ। लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दाबी नछाड्ने जनाएको छ।
स्थायी समिति बैठक सर्यो
माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ। पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो। पार्टीको संगठनसम्बन्धी 'होमवर्क' नसकिएकाले मंगलबार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गर्ने भएकाले स्थायी समिति बैठक बुधबारका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
"हामीले आज पदाधिकारीको बैठक बस्ने हिजो र अस्ति होमवर्क गरेको कुरालाई यहाँ टुंगो लगाएर भोलि स्थायी समिति बैठक बस्ने सेड्युल थियो। आज पनि छलफल चल्यो। यो होमवर्क अझै टुंगिएको छैन। त्यसकारण आज र भोलि होमवर्क गर्ने पर्सि स्थायी समिति बैठक बस्ने भन्ने भयो भन्ने निर्णय भयो", उनले भने।
माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो। त्यसमा सहमति जुटाउन सोमबार पदाधिकारी बैठक बोलाइएको थियो। पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलबारका लागि बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
