भेटमा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
काठमाडौँ- दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। केही अमेरिकी प्रतिनिधिहरूसहित बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी नुल्यान्डले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेकी हुन्। भेटमा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यस्तै, उपविदेशमन्त्री नुल्यान्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटेकी छन्। द्विपक्षीय सम्बन्ध थप बलियो पार्ने, प्रजातन्त्र, विकास र सुशासनका लागि मिलेर काम गर्ने विषयमा दुई पक्षबीच कुराकानी भएको देउवाले ट्विटरमार्फत जानकारी गराएका छन्।
साथै, देउवाले नेपालमा अमेरिकाको निरन्तर साथ र सहयोगका लागि धन्यवादसमेत दिएका छन्। नुल्यान्डले थप केही नेताहरूलाई भेट्ने क्रम जारी रहेको अमेरिकी दूतावासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
