विश्वका १२१ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकांकमा नेपाल ८१ औँ स्थानमा छ।
काठमाडौँ- नेपालमा भोकमरीको अवस्थामा पछिल्लो समय सुधार आएको छ। विश्व भोकमरी सूचकांक २०२२ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख देखिएको हो।
विश्वका १२१ वटा देशमा भोकमरीको अवस्थाबारे अध्ययन गरी तयार पारिएको सूचकांकमा नेपाल ८१ औँ स्थानमा छ।
सन् २००७ देखि २०२१ सम्मको तथ्यांकलाई आधार मानेर बालबालिकाको पोषण, लालनपालन, बाल मृत्युदरजस्ता विषयको मूल्यांकन गर्दै सूचकांक तयार पारिएको थियो।
सूचकांकले नेपालमा कूल जनसंख्याको ५ दशमलव ५ प्रतिशत जनसंख्या कूपोषित रहेको देखाएको छ। यस्तै, पाँच वर्षमूनिका १२ प्रतिशत बालबालिका कमजोर र दुब्लापातला रहेको पाइएको छ। यस्तै, पाँच वर्षमूनिका ३१ दशमलव ५ प्रतिशत बालबालिकाको हुर्काइबढाईमा समस्या छ।
यस्तै, २ दशमलव ८ प्रतिशत बालबालिकाको जन्मिएको पाँच वषभित्र नै मृत्यु हुने गरेको देखिएको छ।
सूचकांकले यी देशमा भोकमरीको शून्यदेखि चरमअवस्था जनाउनका लागि सूचकांकले चारवटा अवस्था चित्रण गरेको छ। यसमा ९ अकंमा रहने मुलुकमा भोकमरी नरहेको, १० देखि १९ सम्म मध्यम, २० देखि ३४ सम्म गम्भीर, ३५ देखि ४९ सम्म चिन्ताजनक र ५० अंकभन्दा माथि भोकमरीको भयानक स्थिति मानिएको छ। जसमा नेपालको १९ दशमलव १ अंक छ। यो भोकमरीको मध्यम अवस्था हो।
सन् २००० मा भोकमरीको अवस्था चिन्ताजनक र गम्भीर अवस्थामा रहेको नेपालको भोकमरीको अवस्था त्यसपछि दिनमा सुधारोन्मुख देखाएको छ।
सन् २००७ मा ३०, २०१४ मा २१ दशमलव २ र सन् २०२२ मा १९ दशमलव १ देखिएको छ।
यस्तै विश्वमा सबैभन्दा भोकमरीको चरम अवस्था यमनमा देखिएको छ। यहाँ भोकमरीको अवस्थाको मात्रा ४५ दशमलव १ छ। यो भोकमरीको चरम अवस्था हो। सन् २००० मा ४१ दशमलव ३ अंक रहेकोमा सन् २०२२ मा स्थिति थप खराब बनेको हो।
यस्तै, सूचकांकमा भोकमरी नरहेको देशको पहिलो नम्बरमा बेलारुस देखिएको छ। यो सूचीमा भारत र पाकिस्तानभन्दा नेपाल धेरै अघि देखिएको हो।
भारतको २९ दशमलव १ र पाकिस्तानको २६ दशमलव १ अंक छ। भोकमरीको अवस्थामा भारतमा सन् २०१४ भन्दा पनि खस्किएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
