लुम्बिनीमा गुरुयोजना विपरीत भएका कामको छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ।
काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लुम्बिनी विकास कोषको गुरुयोजनाअनुसार काम भए नभएको बारे छानबिन गर्न अध्ययन समिति बनाएको छ।
मन्त्रालयका योजना महाशाखा प्रमुख राजेन्द्र कुमार केसीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।
सचिव अधिकारीका अनुसार समितिमा पुरातत्व अधिकृत सुभद्रा भट्टराई, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई र मन्त्रालयले तोक्ने एकजना डिभिजनल इन्जिनियर छन्। लुम्बिनी विकास कोषमा गुरुयोजना विपरीत काम भइरहेको समाचार उकालोमा प्रकाशित भएको थियो।
“लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार काम भएको छ वा छैन कि के समस्या छन्। किन समयमा काम भएन भन्ने बारेमा अध्ययन गर्न समिति गठन भएको हो”, सचिव अधिकारीले भने।
लुम्बिनी विकास कोषका पदाधिकारी सहित आइतबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशमणि त्रिपाठीले कोषका तर्फबाट योजना प्रमुख सरोज भट्टराईको नाम सिफारिस गरेका थिए। तर, सचिव अधिकारी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले छानबिन गर्नुपर्ने व्यक्ति नै समितिमा बस्न नमिल्ने बताउँदै भट्टराईको नाम अस्वीकार गरेका थिए।
यसअघि पनि अध्ययनका लागि समिति बनेका भएपनि कुनैपनि समितिले आफ्नो प्रतिवेदन बुझाएका छैनन्। “अध्ययन समिति बनेर लुम्बिनी पुग्छन्, अनि ती समितिलाई कोषका सदस्य सचिव र योजना प्रमुखले गोरखपुर घुमाउन लैजान्छन्। अनि प्रतिवेदन नै तयार गर्दैनन्”, विकास कोषका एक बोर्ड सदस्य भन्छन्, “यसपटक मन्त्रीज्यूले अलि कडै निर्देशन दिनुभएको छ। केही होलाजस्तो छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
