सर्वोच्चको आदेश अनुसार निवर्तमान गृहमन्त्री रवि लामिछानेले नागरिकता लिएका छन्।
काठमाडौँ– नागरिकता विवादमा परेका रवि लामिछानेको नागरिकता पुनः कायम भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर पुनः नागरिकताको प्रमाणपत्र कायम गर्न प्रक्रिया पूरा गरेपछि उनको नागरिकता कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले जानकारी दिए। सर्वोच्चको आदेश अनुसार लामिछानेले नागरिकता पुनः कायमका लागि प्रक्रिया पूरा गरेको उनले बताए।
नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यसपछि उनले गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापति पद गुमाएका थिए।
यसैबीच रास्वपाले लामिछानेलाई आइतबारै पार्टी सभापति बनाउने तयारी थालेको छ। नागरकिता प्राप्त गरेसँगै लामिछानेलाई पार्टी सभापति घोषणा गरिने प्रवक्ता मुकुल ढकालले बताए। जसका लागि साढे तीन बजे केन्द्रीय समिति बैठक बोलाएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
