स्पेनिस ला लिगामा बार्सिलोना विजयी

बार्सिलोना १८ खेलमा ४७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। 

तस्वीर: बार्सिलोनाको फेसबुक

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे। जिरोनाको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्।  

पेड्रीले ६१औँ मिनेटमा गोल गरेका थिए। जितसँगै बार्सिलोना १८ खेलमा ४७ अंक जोडेर शीर्ष स्थानमा छ।

एक खेल बढी खेलेको जिरोना २१ अंक जोडेर १२औँ स्थानमा छ। १७ खेलबाट ४१ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमाछ।