एफए कप: आर्सनललाई हराउँदै सिटी पाँचौँ चरणमा

प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको सिटीले शीर्ष स्थानको आर्सनललाई १–० गोलले पराजित गरेको छ।

का‍ठमाडौँ– म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै सिटी पाँचौँ चरणमा प्रवेश गरेको हो। प्रिमियर लिगको दोस्रो स्थानमा रहेको सिटीले शुक्रबार राति आर्सनललाई १–० गोलले पराजित गर्‍यो। सिटीको जीतमा नाथान अकेले निर्णायक गोल गरे।

उनले ज्याक ग्रिलिसको पासमा गोल गरेका थिए। इतिहाद स्टेडियममा भएको खेलमा त्यसपछि गोल हुन नसक्दा सिटी विजयी भयो। यी दुई टोली अब १५ फेब्रुअरीमा लिगमा पुनः आमनेसामने हुँदैछन्।