रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

एथलेटिको बिलबाओ, बार्सिलोना र ओसासुना कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेका छन्।

तस्वीर: रियल मड्रिड

काठमाडौँ– रियल मड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा एट्लेटिको मड्रिड लाई पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो। घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियल ३–१ गोलअन्तरले वजयी भयो। उसका लागि रोड्रिगो, करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरे।

खेलमा अग्रता भने एट्लेटिकोले लिएको थियो। उसका अल्भारो मोराटाले १९औँ मिनेटमा एक गोल गरेका थिए। रियलका रोड्रिगोले ७९औ‌ँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। करिम बेन्जिमा र भिनिसियस जुनियरले अतिरिक्त समयमा गोल गर्दै टिमको जित सुनिश्चित गरे।

एट्लेटिको बिलबाओ, बार्सिलोना र ओसासुना सेमिफाइनलमा पुगिसकेका छन्।