भारतीय क्रिकेटर सूर्यकुमार यादव आईसीसी पुरुष टी–२० आई क्रिकेटर अफ दि इयर घोषित भएका छन्।
भारतका विस्फोटक ब्याट्सम्यान सूर्यकुमार यादव आईसीसी पुरुष टी–२० आई क्रिकेटर अफ दि इयर २०२२ घोषित भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार उनलाई क्रिकेटर अफ दि इयर घोषित गरेको हो।
इंग्लिस ब्याट्सम्यान साम कुरान, पाकिस्तानी विकेटकिपर मोहम्मद रिजवान र जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा पनि यो उपाधिका दाबेदारमा थिए। तर, उनीहरूलाई पछि पार्दै सूर्यकुमार क्रिकेटर अफ दि इयर घोषित भएका हुन्।
सूर्यकुमार सन् २०२२ मा टी–२० आईमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ३१ खेलमा १८७.४३ को स्ट्राइक रेटमा १ हजार १६४ रन बनाएका थिए। जसमा २ शतक र ९ अर्धशतक समावेश छन्।
उनी एकै वर्षमा यस फर्म्याटमा एक हजारभन्दा बढी रन बनाउने दोस्रो ब्याट्सम्यान पनि बनेका थिए। उनीअघि पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान रिजवानले सन् २०२१ मा २६ इनिङ्समा १ हजार ३२६ रन बनाएका थिए।
गत वर्ष अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा सूर्यकुमारको सर्वाधिक १८९.९ स्ट्राइक रेट थियो। उनले प्रतियोगितामा २३९ रन बनाएका थिए।
विश्वकपमा सर्वाधिक रन बनाउनेमा उनी तेस्रो नम्बरमा थिए। भारतका पूर्वकप्तान विराट कोहली २९६ रन बनाएर शीर्ष स्थानमा थिए।
सूर्यकुमारले प्रतियोगितामा ३ अर्धशतक बनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
