इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै युवाहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
काठमाडौँ– इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ। मंगलबार दिउँसो बानेश्वरमा आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार मृत्यु भएको थियो।
उनको पक्षमा बुधबार दिउँसो माइतीघर मण्डलमा लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौँ भन्ने नारा दिएर युवाहरूले प्रदर्शन गरेका हुन्। माइतीघरमा जम्मा भएका युवाहरूले 'देशमै केही गर्छु भन्नु अपराध हो सरकार?' भन्दै प्रश्न गरेका छन्।
उनीहरूले 'यो देश हो कि वधशाला?' 'प्रेम आचार्यलाई त बाँच्न दिएनौँ, प्रेम आचार्यहरूलाई मर्न नदेऊ', जलेर मर्नु र मरेर जल्नुमा धेरै फरक छ'लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।
सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै शरीरमा पेट्रोल छर्किएर बानेश्वरस्थित संसद् भवनअघि आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले फेसबुकमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवं उद्योगधन्दा चलाउँदा भोगेका समस्याको वृत्तान्तसमेत उल्लेख गरेका छन्।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
