प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुखले वरिष्ठअधिवक्ता गजेन्द्र आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन्।
काठमाडौँ– प्रदेश–१ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन्।
प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आचार्यलाई संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन्।
झापाको कमल गाउँपालिका निवासी आचार्य जिल्ला बार इकाई झापाका पूर्वअध्यक्ष हुन्। उनले राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले ०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए।
आचार्यले बुधबार नै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
